arrow

थप ११ जनामा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश नं. १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

मोरङमा छ, सुनसरीमा तीन, खोटाङ र झापामा एक-एक  जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश नं. १ मा कोरोना संक्रमितको सङ्ख्या ६१५  पुगेको छ । अहिलेसम्म ४०० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 आज देखिएका सङक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ