arrow

न्याय माग्दै प्रदर्शन गरेका दलित समुदायमाथि प्रहरीको हस्तक्षेप, लाठी चार्ज र हवाई फायर

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार १८ बिहिबार
lathhi-charge.jpg

जनकपुरधाम।  जनकपुरधाममा बिहीबार दलित समुदायहरुले निकालेको विरोध जुलुसमा प्रहरीले आश्रु ग्यास, हवाई फायर तथा लाठी प्रहार गरेको छ ।  मृतक शम्भु सदा र राजु सदाको घटनामा दोषीमाथि कारवाहीको माग गर्दै दलित समुदायहरुले निकालिएको विरोध जुलुसमा प्रहरीले हस्तक्षेप गरेका हो।

जनकपुरधामको रंगभूमि मैदान वार्हविघामा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश भवन अगाडि आउँदा प्रहरीले लाठी प्रहार गरेका थियो । लाठी प्रहारबाट पनि प्रदर्शनकारीहरु अगाडि बढ्दै जाँदा प्रहरीले ३ राउण्ड आश्रु ग्यास, ३ राउण्ड गोली हवाई फायर समेत चलाएको प्रदर्शनकारीहरुले जानकारी दिए।

प्रहरीको लाठी प्रहारबाट करिब एक दर्जन आन्दोलनकारी घाइते भएका छन। प्रदर्शनमा सहभागीहरुले मृत शम्भु र राजु सदाको परिवारलाई संघीय सरकारबाट क्षतिपूर्ति देउ, प्रहरी हिरासतमा मान्छे मार्न पाईदैन, नवलपरासी घटनाको दोषीमाथि कारवाही गर, दलितमाथि हत्या, हिंसा बन्द गर लगायतको प्ले कार्ड बोकेर नारा जुलुस लगाएका थिए ।

प्रहरी हिरासतमा झुण्डिएर मृत्यु भएको शम्भु सदाको र क्वाइरेन्टाइनमा उपचार हुन नसक्दा मृत्यु भएका राजु सदाको घटनामा संलग्नमाथि छानबिन गरी दोषीमाथि कारवाहीको माग गरे।

धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा रहेका शम्भु सदाको झुण्डिएरको अवस्थामा शव फेला परेको थियो । त्यस्तै धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ६ पर्साही बस्ने १५ वर्षीय राजु सदाको क्वारेन्टाइनमा उपचार सम्भव हुन नसक्दा असार ९ गते रातिमा प्रदेशिक अस्पतालमा चिकित्सकले उपचार नगरेपछि मृत्यु भएका थिए ।
 



लोकप्रिय समाचार
नयाँ