काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
पछिल्ला केही दिनदेखि निरन्तर रुपले कोरोना भाइरस संक्रमितको दर बढिरहेको छ । बिहीबार २४ घण्टामा सबैभन्दा बढी २१ हजार ९४७ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।
यसअघि बुधबार १९ हजार ४२८ जना , मंगलबार १८ हजार २५६, सोमबार १८ हजार ३३९ जना र आइतबार २४ घण्टामा दोस्रो सबैभन्दा बढी १९ हजार ६२० संक्रमित थपिएका थिए ।
अहिलेसम्म कोरानाबाट संक्रमित हुने भारतमा ६ लाख २७ हजार १६८ जना पुगेका छन् । कोरोनाबाट निको हुने पछिल्लो २४ घण्टामा १९ हजार ९९९ पुगेका छन् । यो अहिलेसम्मकै उच्च हो । अहिलेसम्म निको हुने ३ लाख ७९ हजार ९०२ पुगेको छ ।
निको हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी भएकाले अवस्था सन्तोषजनकै रहेको बताइएको छ । हाल सक्रिय संक्रमित २ लाख २८ हजार ९७५ जना रहेका छन् ।
मृतकको संख्या १८ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७८ मृतक थपिएका छन् ।
कुन राज्यमा कस्तो
महाराष्ट्र सबैभन्दा पीडित बनेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३२८ जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ८६ हजार ६२६ पुगेको छ । मृतक १२५ थपिएर ८ हजार १७८ पुगेका छन् ।
तमिलनाडुमा ४ हजार ३४३ थपिएर ९८ हजार ३९२ पुगेको छ । मृतक ५७ थपिएर १ हजार ३२१ पुगेका छन् ।
दिल्लीमा २ हजार ३७३ नयाँ संक्रमित थपिएर ९२ हजार १७५ पुगेका छन् । मृतक ६१ थपिएर २ हजार ८६४ पुगेका छन् ।