काठमाडौं । स्पेनिश लिग फुटबलमा रियाल मड्रिड उपाधि नजिक पुगेको छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले कमजोर टिमहरुसंग लगातार दुई खेलमा बराबरी गर्दा र रियालले लगातार जित हासिल गरेपछि रियाल उपाधि नजिक पुगेको हो ।
बिहीबार रातिको खेलमा रियालले गेटाफेलाई १–० गोलले हरायो । रियाललाई जिताउने क्रममा कप्तान तथा डिफेन्डर सर्जियो रामोसले ७९ औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।
जितसंगै रियालले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।
रियालको ३३ खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । रियाल मड्रिडले अब खेल्न बाँकी ५ खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ ।
बार्सिलोना भने स्तव्ध भएको छ । उपाधि नजिक पुगेर पनि कमजोर भएको हो ।