arrow

वि.पी स्मृती भवनको शिलान्यास

logo
युद्ध बहादुर मल्ल, 
प्रकाशित २०७७ असार १९ शुक्रबार
bi-bhawan.jpg

मुगु । नेपाली कांग्रेसका सस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोईरालाको नामबाट स्थापित वि.पी स्मृती प्रतिष्ठानको भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा मुगु जिल्लाको सदरमुकाम गमगढीमा बिहीबार भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

नगरपालिकाले आर्थिक बर्ष २०७६–०७७मा भवन निमार्णका लागी ४३ लाख रकम विनियोजन गरेको थियो । सोहि रकम अनुसार भवन निर्माणको लागी नगर प्रमुख हरिजंग शाहीले शिलान्यास गरेका हुन् । 

२  तलाको  बन्ने उक्त भवनको डिजाईन ईस्टमेट अनुसार कुल लागत ८३ लाख भएपनि यो बर्ष पहिलो तला ४३ लाखमा बन्ने बताईएको छ ।  

मुगुको सदरमुकाम गमगढी स्थित छायाँनाथ रारा नगरपालिका वडा नं २ स्थित प्रसाशन कार्यालय नजिकै उक्त भवन बन्न लागेको हो ।
 



लोकप्रिय समाचार
नयाँ