काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कानपुरमा एक डीएसपी (सर्कल अफिसर)सहित आठ प्रहरीको हत्या भएको छ ।
स्थानीय समयअनुसार बिहीबार राति १ बजे एक कुख्यात अपराधीलाई पक्राउ गर्न गएको प्रहरीमाथि अन्धाधुन्ध गोली चल्दा डीएसपीसहित आठ प्रहरीको हत्या भएको हो ।
प्रहरी बिठूर थाना इलाकाको एक गाउँमा कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न गएको थियो । तर उसको समूहले पुलिसमाथि नै धाबा बोलेको छ ।
पुलिसमाथि धाबा बोलेर ८ जनाको हत्या गरी दुबेको समूह भागेको छ । घटनामा ७ जना घाइते रहेका छन् । जसमा ५ पुलिस हुन् ।
उनीहरुको रिजेन्सी हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका हतियार पनि दुबेको समूहले लुटेर लगेको छ ।
ज्यान जानेमा डीएसपी देवेन्द्र मिश्रसहित एसआई नबुलाल, एसआई अनुप कुमार सिंह, एसओ महेश चन्द्र यादव लगायत रहेका छन् ।
प्रहरीले दुबेकातीन साथीलाई मारेको बताएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले एसटीएफको टिमलाई कार्वाहीका लागि निर्देशन दिएका छन् । पुलिसले युपीका सबै बोर्डर सिल गरेको छ ।