पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पोखरामा प्रदर्शन भएको छ । कडा झरीको प्रवाह नगरी पोखराको चिप्लेढुंगामा यस्तो प्रदर्शन भएको हो ।
उनीहरूले केपी ओलीलाई हटाउन नहुने, पाँच वर्ष उनैलाई सरकार चलाउन दिनुपर्ने माग गरेका छन् ।
अँध्यारो कोठे बैठक बसेर ओलीलाई हटाउन लागेको भन्दै उनीहरूले आपत्ति प्रकट गरे ।
साथै उनीहरूले पार्टीका अन्य नेताहरूलाई लक्षित गर्दै भारतीय विस्तारवादी र भारतीय दलालहरूले प्रधानमन्त्री ओलीलाई हटाउन खोजेको भन्दै यसबाट सचेत हुनुपर्ने बताए ।
करिब १०० को संख्यामा रहेका उनीहरूले जनमतको कदर गर्न समेत आग्रह गरेका छन् ।
प्रदर्शमा सहभागीहरूले ‘फेर्नुछ चाँदै देशको मुहार, हाम्रो भविष्य हाम्रो सरोकार’, ‘आज होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘जब रहन्छ चन्द्र सूर्य डुब्ने छैन हाम्रो स्वाभिमान’, ‘राजीनामा मात्र मागेको, भारत भन्ने मै हुँ’, ‘नागरिकता विधेयक पारित गर’, लगायतका नारा लगाएका थिए ।