arrow

बुटवलमा अपांगलाई घरवहाल तिर्नै सकस, दयनिय अवस्था विताउन वाध्य

logo
नारायण वली,
प्रकाशित २०७७ असार १९ शुक्रबार
abanga-butwal1.jpg

रुपन्देही । मोहन ढेगा मगर एक शाररिक अपांग र दृष्टि विहिन हुन् । गुल्मीको विखास स्थायी घर भएका उनी हाल बुटवलको एक अपांग आश्रममा वस्दै आएका छन् । गाउँमा अपांग भएर वस्दा निकै अपमानित हुन पुगेपछि २०७३ सालमा रुपन्देही आएका उनी आप्mनो पहलमा अपांग आश्रम वनाउन अग्रसर भएको र सो कार्य सफल भएको वताए ।

लुम्विनी अनाथ तथा दृष्टिविहिन आश्रम नामको संस्था स्थापना गरेका अपांग ढेगा मगर सहित अध्यक्ष मिरा कुमारी खड्का क्षेत्री, लिला राम रोका मगर उपाध्यक्ष र सचिवमा उनी मगर छन् । बुटवल उप–महानगरपालिका वडा नं.१५ उजेलापुर (दानव नदी) किनारमा रहेको एक व्यक्तिको खाली रहेको कुखुरा फर्ममा वस्दै आएका करिव ३० जना अपांग, दृृष्टिविहिन र अनाथ वालकहरु मासिक घरवहाल तिरेर वस्दै आएको लुम्विनी अनाथ तथा दृष्टिविहिन आश्रमका सचिव शाररिक अपांग एंव दृष्टिविहिन मोहन ढेगा गमरले वताए ।

सडक र चोकमा वसेर गाउने, कोही घर–घरमा माग्न जाने, अगरवत्ती वनाउने र बाँसका मुढा वनाउने जस्ता कार्य गरी विक्रि गरिएका सामानहरु वाट आएको पैसा र गाएर संकलन भएको पैसाले घरवहाल, स्वास्थ्य उपचार र अन्य खर्च चलाउन धौधौ भएका उक्त आश्रममा आश्रित अपांग, अनाथ र दृष्टिविहिनहरुलाई पछिल्लो समय कोरोना भाईरसका कारण जारी गरिएको लकडाउनले अवस्था निकै नाजुक भएको आश्रमका सचिव मगरले जनाए ।

लकडाउनले सवैक्षेत्र वन्द भएपछि गाउन, सामान विक्रि गर्न नपाएका उनीहरुलाई अहिले घरधनीले घरवहाल मागि रहँदा कसरी तिर्ने भन्ने चिन्ताले सताएको आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले दुखेसो पोखे । उनी भन्छन्, राज्यले हामी जस्तालाई वस्नको व्यवस्था नगरेकाले आरामले वस्न नपाएको भन्दै, महिनाको खर्च कसरी जुटाउने भन्ने कुराले पिरोल्ने गरेको वताएका छन् ।

मासिक ६ हजार घरवहाल र अन्य विद्युत्, पानी गरी १० हजार सम्म तिर्नुपर्ने र अन्य धेरै जनाले आजिवन औषधी सेवन गर्नेहरु भएकाले उपचार लगायत खर्चको जोहो गर्न गाह्रो भएकाले विहानै कोही गाउन, कोही माग्न त कोही सामन वनाउन संगै विक्रिका लागि हतासिदै गाउँगाउँ जाने उनीहरुको दैनिकी जस्तै वनेको र यती गर्दा पनि घरवहाल तिर्न लगायत खर्च जुटाउन सकस हुने गरेको वताएका छन् । कुनै संघसंस्था र व्यक्तिहरुले कहिलेकाँही खाद्यान्न सहयोग गर्ने गरेको भएपनि तर धेरै जना भएकाले खाद्यान्नको लागि आर्थिक जुटाउनु पर्ने जनाईएको छ ।

आश्रममा अहिले १३ जना अनाथ, शाररिक अपांग ७ जना र दृष्टिविहिन १० जना रहेका छन् । ब्लक ईट्टाले वनाएको लामो कुखुरा फर्ममा वस्दै आएका ३० जना सुत्नलाई ८ वटा खाट रहेका छन् । भेडावाख्रा झैं कोही खाटमा कोही भँुईमा सुत्ने गरेको वताईएको छ । साथै उनीहरुले आफुहरुको स्थायी वासस्थान र उचित व्यवस्थापनका लागि बुटवल उप–महानगरपालिकामा (प्रोपोजल) पेश गर्दा समेत कुनै सुनुवाई नभएको जनाउँदै, आफुहरुलाई राज्य भएको अनुभूति नभएको गुनासो गरेका छन् ।

मानवसेवा आश्रम बुटवललाई बुटवल उपमहानगरपालिका द्धारा सञ्चालन व्यवस्थापन तथा वहालको चालु आर्थिक वर्ष २०७६÷७७ को लागि १० लाख, प्रदेश ५ सरकार वाट २५ लाख रुपैयाँ विनियोजन गरेकोे अवस्थामा यता अपांग तथा अनाथहरुले निकै दयनिय अवस्थामा दैनिकी विताउन वाध्य भएका छन् । 

यसविषयमा हाम्रा कुरा डटकम संगको कुराकानीमा बुटवल उप– महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्माले झर्किदै बुटवल उपमहानगरले व्यवस्थापनको लागि स्थान दिने कार्य नभएको प्रतिक्रिया दिएका छन् । साथै उनले मानवसेवा आश्रमलाई ५ लाख दिएको वताए । यता मानवसेवा आश्रमले भने १० लाख दिएको मानवसेवा आश्रमकी प्रमुख सरु अधिकारीले वताएकी छिन् ।



लोकप्रिय समाचार
नयाँ