धनुषा । धनुषामा ११ वर्षीया बालिकाको मृत अवस्थामा फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा स्थित रहेको दुधमती नदीको किनारमा विनोद पजियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पजियारको शव शुक्रबार विहानको समयमा मृत अवस्थामा फेला परेका हो ।
कंचन बिहिवार खेतमा भैंसी चराउन गएको समयदेखि बेपत्ता भएकी थिइन्। घटना भएको स्थान पजियारको घरभन्दा एक किलोमिटरको दुरीमा रहेका छ ।
बलात्कारपछि बालिकाको हत्या गरिएको स्थानीयहरुले आशंका गरेका छन् । स्थानीयहरुका अनुसार बालिकाको कपडा स्थिति बलात्कारपछि हत्या गरिएको आशंका गरिएको हो ।
कंचन को बुवा विनोद पजियारले छोरी बेपत्ता भएसँगै बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेका छ।