काठमाडौं । विश्व बैंकले नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि भएको जनाएको छ । पछिल्लो एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ सय ३० डलरले वृद्धि भएको विश्वबैंकले जनाएको हो ।
गत वर्ष २०१९ जुलाईमा नेपालीको प्रतिव्यक्ति आय ९ सय ६० अमेरिकी डलर रहेकोमा यो वर्ष २०२० जुलाईमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० डलर पुगेको विश्वबैंकले जनाएको छ ।
योसँगै नेपाल निम्न आय भएको मुलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा प्रवेश गरेको छ ।
विश्व बैंकले प्रतिव्यक्ति आयका आधारमा विभिन्न मुलुकहरुलाई निम्न, निम्नमध्मम, उच्चमध्यम र उच्चआय गरी वर्गीकरण गर्दै आइको छ ।