arrow

२४ घण्टामा तीनको मृत्यु

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
dead2.jpg

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा चट्याङ र पहिराका घटना बढी भएका छन् । कूल २० विपद्का घटनामध्ये १२ घटना चट्याङका मात्रै छन् । 

पर्सामा चार, सर्लाहीमा दुई, रौतहटमा दुई तथा चितवन, प्यूठान, गुल्मी र सप्तरीमा एक-एक गरी १२ स्थानमा चट्याङ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चट्याङबाट सर्लाही र सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा ११ जना घाइते भएका छन् । 

यस्तै गुल्मी र बाग्लुङमा तीन ठाउँमा पहिरो गएको छ । वर्षाका कारण घर भत्किँदा गुल्मीमा १८ महिनाको बालकको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । यस्तै धादिङ र रसुवामा आगलागीका घटना भएको प्राधिकरणले शुक्रबार एक सूचनामार्फत जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ