काठमाडौं । विश्वभर शुक्रबार एकै दिन २ लाख ९ हजार २८ जना कोरोना ाइरसका संक्रमित थपिएका छन् । त्यस्तै मृतक ५ हजार १७० थपिएका छन् ।
अहिलेसम्म विश्वभर १ करोड ११ लाख ८२ हजार ५७६ जना संक्रमित पुगेका छन् ।
५ लाख २८ हजार ४०९ को ज्यान गएको छ । अमेरिकामा सबैभन्दा बढी २८ लाख ९० हजार ५८८ संक्रमित तथा १ लाख ३२ हजार १०१ मृतक रहेका छन् ।
ब्रजिलमा १५ लाख ४३ हजार ३४१ संक्रमित हुँदा ६३ हजार २५४ जनाको ज्यान गएको छ ।
तेस्रो रुसमा ६ लाख ६७ हजार ८८३ संक्रमित हुँदा ९ हजार ८५९ को ज्यान गएको छ ।
चौथो भारतमा ६ लाख ४९ हजार ८८९ संक्रमित हुँदा १८ हजार ६६९ को ज्यान गएको छ ।
स्पेनमा २ लाख ९७ हजार ६२५ संक्रमित तथा मृतक २८ हजार ३८५, पेरुमा २ लाख ९५ हजार ५९९जना संक्रमित हुँदा १० हजार २२६ को ज्यान गएको छ ।
चिलीमा २ लाख ८८ हजार ८९ जना संक्रमित हुँदा ६ हजार ५१ को ज्यान गएको छ ।
बेलायतमा २ लाख ८४ हजार २७६ जना संक्रमित हुँदा ४४ हजार १३१ को ज्यान गएको छ ।
मेक्सिकोमा २ लाख ४५ हजार २५१ जना संक्रमित हुँदा २९ हजार ८४३ को ज्यान गएको छ ।
इटालीमा २ लाख ४१ हजार १८४ जना संक्रमित हुँदा ३४ हजार ८३३ जनाको ज्यान गएको छ ।