वीरगंज। गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पुर्व सभापति गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा वृक्षारोपण गरेको छ। फाउण्डेशन पर्साले विभिन्न प्रजातिका २४३ थान वोट बिरुवाहरु रोपेको हो । फाउण्डेशनले आप, लिची, कटहर, नीम लगायतका प्रजातिहरुको विरुपा रोपिएको हो ।
जीपी कोईराला फाउण्डेशन पर्साले गिरिजा प्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा तीन दिवसिय कार्यक्रमको आयोजना गरेको छ। फाउण्डेशन पर्साले दोश्रो दिन वीरगंजको पानी टंकी तथा ठाकुर रामबहुमुखी क्याम्पसमा वृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ ।
तेश्रो दिन नेपाली पत्रकारितामा उदयमान दुई युवा पत्रकारहरुलाई जनही नगद रु २१ हजार सहित सम्मान गरिने फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जनाएका छन ।
फाउण्डेशन पर्साले आयोजना गरेको वृक्षारोपणमा हाजी तहुर अंसारी, प्राध्यापक डाक्टर हरेराम ठाकुर, नेपाली कांग्रेस महासमिति सदस्य प्रकास उपाध्याय, मर्दसा बरकतुल उलुमका अध्यक्ष रेयाज अंसारी सहभागी थिए।
त्यसैगरि र्कायक्रममा फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह, सहसचिव मिन्टु देवि सिहं, सदस्यद्धय प्रिति सिह, जितेन्द्र सिंह, बाबु नन्द प्रसाद पटेल, नेपाली कांग्रेसका बुथ सभापति शेख निजामुदिन, प्रेस युनियन पर्साका सचिव किशार सिंह, फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सदिंप केवटको उपस्थिति रहेको थियो।
नेपाल अपागं संघका जिल्ला अध्यक्ष शम्भु पासवान, युवा नेता महेश पौडेल, सन्तोष मर्हजन, नबाब अली पनि कार्यक्रममा सहभागी थिए।