काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरकी गर्लफ्रेन्डलाई कोरोना भाइरस भएको छ ।
किम्बरली गुइलफोयलाई कोरोना भाइरस भएको हो । डोनाल्ड ट्रम्पको आगामी राष्ट्रपतिको चुनावको लागि क्याम्पेनमा रहेकी उनलाई कोरोना भाएको हो ।
किम्बरलीलाई कोरोना संक्रमण भएपछि क्याम्पेनमा लागेका थुप्रैलाई कोरोना भएको आशंका गरिएको छ ।
साउथ डकोटामा शनिबारको ट्रम्पको भाषणको तयारीका लागि गएका बेलामा संक्रमित भएकी हुन् ।
उनले फक्स न्यूज टेलिभिजनमा काम गरिसकेकी छिन् ।
ट्रम्पले क्याम्पेन थाल्दा कोरोनाको संक्रमणलाई बेवास्ता गरेका कारण थुप्रै संक्रमितहरु बढेको आशंका गरिएको छ ।
अमेरिकामा हाल दैनिक ५० हजार भन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन् ।
अमेरिकामा २८ लाख ९० हजार ५८८ जना संक्रमित भएका छन् भने १ लाख ३२ हजार १०१ जनाको ज्यान गइसकेको छ ।