arrow

एनआइसी एसियाको शेयर बाँडफाँड, कसलाई कति पर्यो

logo
प्रकाशित २०७७ असार २० शनिबार
nic-asia-micro-finance1.jpg

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर शनिबार बाँडफाँड भएको छ । 

सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो ।     

उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् । 

कूल ४६ हजार ५७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

सो लघुवित्तले प्रतिशेयर रु १०० अङ्कित दरका ४६ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कित्ता कर्मचारीलाई, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता साधारण शेयर यही असार १० देखि १४ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको थियो । 

सो सार्वजनिक निष्कासनमा ५।१९ गुणा बढी आवेदन परेको थयो । 



लोकप्रिय समाचार
नयाँ