कास्की। पोखराको नयाँबजारमा दुईवटा मोटरसाईकल दुर्घट्ना हुँदा जलेर नष्ट भएका छन् । नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्पबाट तेल हालेर निस्किएको मोटर र नयाँबजारबाट पृथ्वीचोकतर्फ जादै गरेको मोटर साईकल आपसमा ठक्कर खाँदा सो दुर्घट्ना भएको हो ।
दुर्घट्नामा ग १४ प ३८६१ नम्बरको पल्सर २२० र ग १६ प ४४४१ नम्बरको सुपर स्पिलिन्डर मोटरसाईकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए। उनका अनुसार दुर्घट्नामा परि ४ जना सामान्य घाईते भएका छन् । उनिहरुको हातमा चोट लागेको र उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रवक्ता हमालले बताए।
दुर्घट्ना लगत्तै आगलागी भएकाले मोटरसाईकलहरु जलेर पुर्ण रुपमा नष्ट भएका छन् । आगो निभाउन दमकल समेत बोलाउनुपरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।