काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा सवा घण्टा लामो भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचको यो नियमित भेटघाट हो।