arrow

हराउन थाल्यो कोरोनाको डर, हरेक दिन बढे संक्रमित

logo
प्रकाशित २०७७ असार २१ आइतबार
lockdown-ktm.jpg

काठमाडौँ । पछिल्ला हरेक दिनमा कोभिड–१९ को संक्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएको छ । 

गत माघ महिनामा नेपालमा एकजना पुरुषमा  कोरोना संक्रमित देखापर्‍यो ।  उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा संक्रमण देखापर्‍यो । संक्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गर्‍यो ।  

कहिलेकाहीँ फाट्फुट संक्रमित देखापरे पनि संक्रमितको सङ्ख्या एक सय पुग्न निकै समय लागेको थियो ।  तर अहिले संक्रमित हरेक दिन बढेका छन् । बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिदैन ।   

झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो । 

सरकारले संक्रणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन । निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ ।

 यसरी नागरिकमा यस किसिमको अभ्यास  रहँदा काठमाडौँ उपत्यकामा दुई सय संक्रमित देखापरिसकेका छन् । हालसम्म १५ हजार चार सय ९१ कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । 

संक्रमितमध्ये हालसम्म ६ हजार चार सय १५ जना निको भएर घर फर्केका छन् ।  ३४ को मृत्यु भइसकोको छ । 

दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । अहिले संक्रमण बढिरहेको कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनले भने,“ थप सतर्कता अपनाउने समय अब आएको छ । ” 



लोकप्रिय समाचार
नयाँ