arrow

बर्षाका करण भईरहेको क्षति न्युनिकरण गर्न कांग्रेसको सरकारलाई आग्रह

logo
प्रकाशित २०७७ असार २१ आइतबार
nc-party-office.png

काठमाडौं। वर्षायाम शुरुवात भएसँगै देशभरका विभिन्न स्थानमा भएको अविरल वर्षाको कारण पहाडी भेगमा बाढी र पहिरो तथा तराई क्षेत्रमा डुवानका घटनाहरु घटिरहेको प्रति नेपाली कांग्रेसो ध्यानाकर्षण भएको जनाएको छ ।

‘यस वर्षको मनसुन शुरु भए देखि बाढी, पहिरो र डुवानका कारण बझाङ्ग, पाल्पा, गुल्मी, स्याङ्जा, गोरखा, लमजुङ्ग, दार्चुला र सल्यान लगायतका स्थानमा हालसम्म करिब दुई दर्जन व्यक्तिले ज्यान गुमाइ सकेका छन् भने केही व्यक्तिहरु घाइते र वेपत्ता रहेका छन् ।  त्यसै गरी दर्जनौं घरहरुलाई क्षति पुर्‍याएको छ । मुलुकभर घटिरहेको बाढी, पहिरो र डुवानका दुःखद घटनाप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ’ नेपाली कांग्रेसले प्रेस विज्ञपत् जारी गरेको छ।  

नेपालमा केही समय मनसुन अझ सक्रिय हुने भएकोले भाविष्यमा अझ बढी बाढी, पहिरोको तथा डुवानको उच्च जोखिम रहेकोले जोखिमयुक्त स्थानहरुलाई पहिचान गरी त्यहाँका नागरिकहरुलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यस्थापन गरी जनताको जीउधनको सुरक्षाका लागि सरकार तथा सम्बन्धित पक्ष समक्ष नेपाली कांग्रेस संसदीय दलले आग्रह गरेको छ । साथै क्षति न्यूनिकरणका लागि तत्काल उद्दार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न सरकार समक्ष माग पनि गरेको छ । 

‘बाढी, पहिरो र डुवानमा वेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्दार गर्न, घाइतेहरुको स्वास्थ्य उपचार र विस्थापित भएका घरपरिवारहरुलाई सुरक्षित स्थानमा पुनस्र्थापन गरी राहत विवरणका साथै मृत्यु भएका घरपरिवारहरुलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारसँग नेपाली कांग्रेस संसदीय दल माग गर्दछ’ प्रेस विज्फ्ति मार्फत जनाईएको छ ।

बाढी, पहिरो तथा र डुवानमा परी घाइते हुनु भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जीवन गुमाउनु भएकाहरु प्रति नेपाली कांग्रेस संसदीय दल भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै मृतक परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।



लोकप्रिय समाचार
नयाँ