काठमाडौं । आइतबार नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ घण्टामा थप २९३ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार काठमाडौं उपत्यकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंका २७, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।