arrow

आइतबार कति पुगे संक्रमित ?

logo
प्रकाशित २०७७ असार २१ आइतबार
covid-test-positive-corona.jpg

काठमाडौं । कोभिड– १९ को संक्रमण आइतबार  २९३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २९३ जनामा संक्रमण देखिएको बताए । 

काठमाडौं उपत्यकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका २७, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

आइतबार देखिएका संक्रमणसँगै संक्रमित सङ्ख्या १५ हजार ७८४ जना रहेको छन् । उनका अनुसार आइतबार १३२ जना कोभिड–१९ संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ हजार ५४७ जना संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म संक्रमितमध्ये ४१.५ प्रतिशत बिरामी संक्रमणबाट मुक्त भएका छन् । 

आइतबार चार हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । नौ हजार २०३ जना संक्रमित आइसोलेशनमा रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् । 



लोकप्रिय समाचार
नयाँ