काठमाडौं । स्पेनिश लिग फुटबलमा बार्सिलोना लयमा फर्केको छ । लगातार दुई खेलमा बराबरी खेलेपछि उपाधि दावेदारीबाट पछि परेको बार्सिलोनाले लिगको ३४ औं खेलमा भने जित निकालेको छ । बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा हराउन सफल भएको हो ।
बार्सिलोना ४–१ गोलले विजयी भयो । पाउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो । तर जेरार्ड मोरेनोले गर्दै भिल्लारियललाई बराबरीमा फर्काए ।
त्यसपछि लुइस सुवारेज, ग्रेजम्यान र फातीले गोल गरे । लियोनल मेस्सीले भने गोल गर्न सकेनन् ।
यो जितले बार्सिलोनाले रियाल विरुद्ध ४ अंकको अन्तर गरेको छ । यसअघि आइतबारै भएको खेलमा रियालले एथलेटिक बिलबाओमाथि १–० गोलको साँघुरो जित निकालेको थियो ।
सर्जियो रामोसले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा रामोसले पेनाल्टीमा निर्णायक गोल गरे ।
डानी गार्सियाले मार्सेलोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । जसमा रामोसले सहजै गोल गरे ।
रियालको ३४ खेलबाट ७७ अंक भएको छ ।
अब मात्र ४ खेल खेल्न बाँकी छ । रियाल उपाधि नजिक छ । बार्सिलोनाको पनि अवसर आउन आफूले लगातार सबै खेल फराकिलो अन्तरले जित्ने र रियालले एक खेलमा हार र एक खेलमा बराबरी खेल्नैपर्ने हुन्छ ।
उपाधि नजिक पुगेको रियालले यो नतिजा भोग्ने सम्भावना कम छ ।