काठमाडौं । पाकिस्तानी सेनाले भारतसंगको सीमा लाइन अफ कन्ट्रोल (एलओसी) नजिक थुप्रै स्थानमा सिजफायर (युद्धविराम) को उल्लंघन गरेको छ ।
निकिआल सेक्टरको राखचिकरी, देवास र बगसारमा पाकिस्तानी सेनाले सिजफायरको उल्लंघन गरेको हो ।
भारतीय संचारमाध्यमहरुले बताए अनुसार जवाफी कार्वाहीमा उत्रिएको भारतीय सेनाले पाकिस्तानी सुवेदारसमेत दुई सैनिकलाई मारेको छ ।
राखचिकरीमा ३ जुलाइनमा पाकिस्तानले सिजफायरको उल्लंघन गरेको थियो । उक्त क्रममा भारतले पाकिस्तानका दुई सैनिक मारेको हो ।
सैन्य प्रवक्ताले शुक्रबार पाकिस्तानले सिजफायरको उल्लंघन गरेको र कार्वाही गरिएको बताए ।
उक्त घटनामा थुप्रै घाइते भएका छन् । उक्त क्रममा पाकिस्तानका थुप्रै बंकर नष्ट गरिएका छन् ।
१५ जुनमा एलओसीमा पाकिस्तानी सेनाको आक्रमणमा एक भारतीय सैनिक मारिएका थिए । जुन महिनाभर तीन भारतीय सेनालाई पाकिस्तानले मारेको छ ।