काठमाडौं । इरानको आणबिक केन्द्रमा भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले गत बिहीबार इरानको नातानज संबर्धन केन्द्रमा भएको आगलागीमा व्यापक क्षति भएको जनाएका हुन् ।
यसको कारण पत्ता लागे पनि सार्वजनिक नगरिएको बीबीसीले लेखेको छ । आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएकोमा ती उपकरणहरु भन्दा आधुनिक उपकरणहरु प्रतिस्थापन गरिने प्रवक्ता कमलबन्दीको भनाई छ ।
केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमला भएको भनी आरोप लगाएका छन् ।
उक्त आगलागीमा परी मानवीय क्षति भने नभएको बताइएको छ ।