arrow

चिनियाँ राजदूतको भूमिगत सक्रियता, निजी सवारीमा मुभमेन्ट

छायाँसेन्टरबाट बढाइन् गतिविधि

logo
प्रकाशित २०७७ असार २२ सोमबार
hou-yanqi1.jpg

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा आफ्नो सक्रियता बढाएकी छिन् । उनले नेपाली राजनीतिमा देखिएको अस्थिरता अन्त्य गर्ने नाममा विभिन्न दलका नेताहरु (विशेषगरी नेकपाका), उद्योगी–व्यापारी तथा सरकारका मन्त्रीहरुलाई गोप्य रुपमा भेट्ने गरेको खुलेको हो । 

यान्छीले आइतबार साँझ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसंग उनकै घरमा गएर भेटेर छलफल चलाए पनि त्यसअघि नै यान्छीको सक्रियता दिनानुदिन बढिरहेको थियो । 

उनले फुटको संघारमा पुगेको नेकपालाई जीवनदान दिनका लागि सक्रियता बढाएकी हुन् । उनले यसअघि नेकपा एकता हुँदा जसरी सक्रियता देखाएकी थिइन् त्योभन्दा बढी सक्रियता अहिले देखाएको नेकपाकै एक नेताले बताए । 

उनले भने, ‘जगै कस्तो भयो पार्टीको खोइ हरेक कुरा अरुले नै मिलाइदिनु पर्ने । लडाईँ आफ्नो हतियार अर्काको जस्तो भो ।’

राजदूत यान्छीले ठमेलको छायाँसेन्टरमा रहेको एलफ्ट होटलमा विभिन्न व्यक्तिहरुलाई भेट्ने गरेको स्रोतको दावी छ । होटल व्यवस्थापन निकट स्रोतका अनुसार एलफ्ट होटलको बुक गरिएको सुइट रुममा राजदूत यान्छीले विभिन्न व्यवसायीसंगै नेकपाका नेताहरुलाई पहिले देखिनै भेट्ने दावी गरिएको छ । 

उनले आफू प्रत्यक्ष देखिएको नपाइयोस् भनेर चिनियाँ व्यापारी र विभिन्न व्यक्तिहरुलाई परिचालन गर्ने गरेको पनि पाइएको छ । 

उनी चिनियाँ दूवावासको गाडी चढेर भन्दा निजी गाडीमा हिँड्ने गरेको पनि पाइएको छ । चिनियाँ झण्डा लिएर हिँड्दा धेरैको आँखा पर्ने भएकाले निजी सवारीमा हिँड्ने गरेको स्रोतको दावी छ । 

उनले नेतादेखि मन्त्रीसम्मलाई औपचारीकसंगै भूमिगत शैलीमा अनौपचारीक रूपमा भेटिरहेकी छिन् । सोही छायाँ सेन्टरमै चिनियाँ लगानीमा क्यासिनो समेत रहेको छ ।

चिनियाँहरुको ओहरदोहर बढी हुने भएकाले छायाँ सेन्टरलाई नै अखडा बनाएको दावी गरिएको छ । लकडाउनका कारण क्यासिनो नचले पनि रेष्टुरेन्ट भने खुल्लै रहेको छ । 

यो वर्षको सुरुआतदेखि नै बढी सक्रिय छिन् यान्छी
यान्छीले आफ्नो प्रोटोकल बिर्सेर नै नेकपाको काँध थाप्दै आएकी छिन् । उनकै अर्थात् चीनको भरोसामै नेकपा टिक्दै आएको छ । तर यो कहिलेसम्म भन्ने प्रश्न यथावत् छ । गत वैशाखमा विभाजनको मुखमा पुगेको नेकपालाई बचाउन सफल यान्छी यो पटक अझ संकटमा परेको ठानिएको नेकपाको उद्धारमा जुटेकी छिन् । 

अघिल्लो पटक नेकपाका अध्यक्षद्वय ओली–प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरी फुटबाट जोगाइदिएको जश यान्छीलाई गएको थियो। तर दुई महिना नबित्दै त्यो भन्दा ठूलो विग्रह नेकपामा देखिएपछि उनी फेरि देखिने गरी नै सक्रिय भएकी हुन् ।

तत्कालिन एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउन मुख्य भूमिकामा चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको चीन सरकार रहेको नेपालमा ओपन सेक्रेट हो । आफ्नो भूमिकामै बनेको नेकपा फुटको संघारमा नपुगोस भनेर चीन सरकार हरसम्भव प्रयास गरिरहेको छ। तर राजदूत स्वयं सक्रिय हुँदा नेपालमै यसको बारेमा नकारात्मक टिप्पणी भइरहेको थियो।

आम नागरिक तथा बुद्धिजिवी र मिडियामा पनि राजदूतको भूमिकालाई लिएर प्रश्न उठेपछि उनी यो पटक सक्रिय देखिएकी थिइनन् ।

चिनियाँ दुतावासका दोस्रो तहका कर्मचारी र केही चिनियाँ व्यापारीहरु नेकपाको विभाजन हुन नदिन लागिपरेका थिए । तर उनीहरुको प्रयास सफल हुन नसकेपछि राजदूत यान्छी आफै मैदानमा उत्रिएको पाइएको छ।



लोकप्रिय समाचार
नयाँ