काठमाडौं । आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच सोमबार पनि छलफल भएको छ ।
आइतबार अन्य केही नेतासहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल पार्टीभित्र उत्पन्न विवाद मिलाउन सहमतिको खाका तय गर्ने अनौपचारिक समझदारी भएकामा त्यसको निरन्तरतामा सोमबार उनहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनहरुबीच सहमतिको प्रयासका लागि सोमबार एक्लाएक्लै भेटवार्ता भएको जानकारी दिए ।
सरकार र पार्टीको सम्बन्ध, कोरोना रोकथाम, एमसिसी, पार्टी एकताका बाँकी काम आदि कार्यसूचीका लागि यही असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक यही असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।