सल्यान । सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द केही सेवा सोमबारदेखि पुनःसञ्चालन भएको छ ।
यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।
करीब डेढ हप्तादेखि अवरुद्ध काम सोमबारदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए ।
असार २१ गते कोरोना संक्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा बन्द भएकामा सोमबारदेखि नियमित रुपमा पुनःसञ्चालन भएको अस्पतालले जनाएको छ ।