arrow

कोरोना : ४२.७ प्रतिशत फर्किए घर

logo
प्रकाशित २०७७ असार २२ सोमबार
corona-brefing-mohp.jpg

काठमाडौं । नेपालमा कोभिड–१९ का जम्मा संक्रमितमध्ये ४२ दशमलव सात प्रतिशत संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ८११ पुगेको बताए । कोभिड–१९ बाट संक्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ । सोमबारसम्म कोभिड–१९ बाट संक्रमितको सङ्ख्या १५ हजार ९६४ जना पुगेको छ ।  

प्रदेशानुसार प्रदेश नं १ मा ४६९ जना, प्रदेश नं २ मा दुई हजार ७२, बागमती प्रदेशमा ६३९ र गण्डकी प्रदेशमा २९५ संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सङ्ख्या प्रदेश नं ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार २२२ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ रहेको छ । 

त्यसैगरी ५७ दशमलव एक प्रतिशत अर्थात नौ हजार ११८ आइसोलेशनमा रहेका उनको भनाइ छ । गत २४ घण्टामा १८० जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा २३ प्रयोगशालामा चार हजार ७२१ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या २९ हजार २१५ रहेको छ । 

मन्त्रालयको दुई कल सेन्टरबाट ७४१ फोन प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५६ हजार ३०० छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार २९ छ । सोमबार मात्रै २९ जनाले इन्ट्री गरेका छन्। त्यसमध्ये रेड जोनमा पर्नेको जम्मा सङ्ख्या ५१९ छ । त्यसमध्ये सोमबार एकजना ललितपुरका छन् । 

यसैगरी मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या उल्लेखीय छ भने भाइबर गु्रप प्रयोगकर्ता तीन लाख ९७ हजार ६२३ रहेका छन् । देशभरमा ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा प्रदेश नं २ मा महोत्तरी र रौतहट, प्रदेश नं ५ मा पाल्पा रहेको छ । त्यस्तै, सुदूरपश्चिमको अछाम, कैलाली र बाजुरामा पनि संक्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ