सिमानामा भारत र चीनका सेनाको लडाइँ, मारमा आमिर खान
प्रकाशित २०७७ असार २२ सोमबार
123
Shares
काठमाडौं । भारत र चिनियाँ सेनाबीचको लडाइँको मारमा आमिर खान परेका छन् । गालवान उपत्यकामा भारत र चिनियाँ सेनाबीच भएको झडपले बलिउड सिनेमाका मिस्टर परफेक्शनिस्ट आमिर खानको महत्वाकांक्षी फिल्म 'लाल सिंह चड्ढा' माथि प्रभाव परेको हो ।
कोलकाता, दिल्ली, राजस्थान, चंडीगढ र अमृतसर जस्ता ठाउँहरूमा सुटिङ गरिसकेपछि फिल्मका निर्देशक अद्वैत चन्दनले आगामी कार्यक्रम लद्दाखमा पूरा गर्ने तयारीमा थिए। तर भारत र चिनियाँ सेनाबीच सिमानामा भएको तनावले योजना अवरुद्ध भएको हो ।
चीन र भारतीय फौजबीच लद्दाखमा गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुबै देशबीच तनाबको स्थिति छ । यस क्षेत्रमा अहिले अतिरिक्त सुरक्षाफौज, लडाकू बिमान र अन्य उपकरण तैनाथ गर्नेक्रम जारी छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखमा गरिने सुटिङ अद्वैत र आमिर अब कारगिलमा पूरा गर्ने योजनामा छन्। यसको निर्णय अर्को हप्तामा हुनेछ ।
लद्दाखमा अब सुटिङको योजना समाप्त भइसकेको छ, साथै आमिर खान पनि अक्टुबर अघि सुटिङ गर्न तयार छैनन्। अहिलेको अवस्थामा सुटिङ शुरू गरेर कलाकार र स्टाफको जीवन जोखिममा पार्न नचाहने आमिरले बताएका छन्।
केहि दिन अघि स्टाफ सदस्यहरुमा कोरोना संक्रमण भएपछि आमिर चिन्तामा छन्। यसबाट भयावहित हुदै आमिर खानले परिस्थिति केही नियन्त्रणमा नभएसम्म सुटिङ सुरु नगर्ने निर्णय गरेका हुन् । उनी भन्छन -'केही देशहरूले कोरोना भाइरसमाथि काबु त बनाए तर फेरि भाइरसले आफ्नो प्रभाव देखाउन शुरू गर्यो। तसर्थ, सुटिङ सुरु गर्नु खतरा मुक्त छैन।'
आमिरको फिल्मको एक महत्त्वपूर्ण अंशको सुटिङ हुन बाँकी छ। यो फिल्म १९९४ मा हलिउडको ओस्कर विजेता फिल्म फोरेस्ट गम्पबाट प्रेरित छ। यस फिल्ममा करीना कपूर खान आमिरको साथमा मुख्य भूमिका खेल्नेछिन्।