arrow

लकडाउन : पैसाको लोभमा यात्रु ओसार्ने दुई चालक पक्राउ

logo
प्रकाशित २०७७ असार २२ सोमबार
lockdown-ktm.jpg

काठमाडौँ । नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग रु २५ हजार तथा तामाङले तीन यात्रुसँग रु ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । 

पक्राउ परेका दुवै जनालाई संक्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ