काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख २० हजार नाघेको छ । सोमबारसम्म संक्रमित ७ लाख २० हजार ३४६ पुगेका छन् ।
सोमबार मात्रै २२ हजार ५०० संक्रमित थपिएका छन् । सोमबार ४७३ जनाको ज्यान गएको छ । अहिलेसम्म २० हजार १७४ जनाको ज्यान गइसकेको छ ।
महाराष्ट्रमा मात्रै ज्यान गुमाउने ९ हजार २६ पुगेका छन् । सोमबार २०४ जनाले ज्यान गुमाए ।
तमिलनाडुमा ६१ थपिएर १ हजार ५७१, दिल्लीमा ४८ थपिएर ३ हजार ११५, गुजरातमा १७ थपिएर १ हजार ९६१, उत्तर प्रदेशमा २४ थपिएर ८०९ जनाको ज्यान गएको छ ।
त्यस्तै तेलंगानामा ११ थपिएर ३०६, कर्नार्टकामा ३० थपिएर ४०२, वेष्ट बंगालमा २२ थपिएर ७७९, राजस्थानमा ५ थपिएर ४६१, आन्ध्र प्रदेशमा ७ थपिएर २३९ को ज्यान गएको छ ।
हयिानामा ११ थपिएर २७६, मध्यप्रदेशमा ९ थपिएर ६१७, असाममा १४, बिहारमा ७ थपिएर ९७ जनाको ज्यान गएको छ ।
निको हुनेको संख्या ४ लाख ४० हजार १५० पुगेको छ । सोमबार १५ हजार २५६ जना थपिएका छन् ।
कोरोना भाइरस समुदाय स्तरमै फैलिएको कर्नाटकका मन्त्री जेसी मधुस्वामीले बताएका छन् । टुमकुर कोभिड हस्पिटलमा गम्भीर अवस्थाका ८ जनाबारे जानकारी लिँदै उनले उनीहरुको जीवनको कुनै ग्यारेन्टी नभएको बताए ।
उनले भने, ‘हामीलाई अत्यास लागेको छ कि कोरोना भाइरस समुदायमा छिर्यो ।’