arrow

आरम्भ–चौतारी लघुवित्तको एकीकृत कारोबार, लक्ष्य अरु बैंकसँग पनि मर्ज गर्ने 

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
jeewan-bhandari.jpg

काठमाडौँ । चौतारी र आरम्भ लघुवित्त वित्तिय संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनी एक एकको अनुपातमा मर्ज भएपछि सोमबार बनेपामा आयोजित एक कार्यक्रमको बीच एकीकृत कारोबारको सुरुवात गरेका हुन् ।

दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जर पश्चात संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था भएको छ भने केन्द्रीय कार्यालय बनेपा नगरपालिकामा राखिएको छ । 

यसअघि चौतारीको रुपन्देहीको बुटवलमा र आरम्भको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको थियो । 

मर्जपश्चात् लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख रुपैयाँ पुगेको छ भने शाखा संख्या पनि ७६ र कार्यक्षेत्र ३१ जिल्ला पुगेको छ । 

दुवै कम्पनीको पुस ९ गते सम्पन्न सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो । मर्जरपछिको संस्थाको अध्यक्ष जगत पोखरेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे बनेका छन् । 

अध्यक्ष पोखरेलले अन्य लघुवित्त संस्थाहरुसँग पनि मर्जर प्रक्रिया अगाडी बढाएर देशकै सवैभन्दा ठूलो र प्रभावकारी संस्था बनाउने लक्ष्य रहेको बताए । 

लघुवित्त संघ नेपालका अध्यक्ष समेत रहेका पोखरेलले देशभरका सवै लघुवित्तहरुलाई बलियो बनाउँदै ग्रामिण क्षेत्रका माहिला र कृषि उद्यमीहरुको जीवनमा परिवर्तन ल्याउने अभियानको भएकाले यस क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

एकिकृत कारोबार शुभारम्भ कार्यक्रमम नेपाल राष्ट्र बैंकका लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले बाणिज्य बैंकहरुको श्रोत र साधनलाई लघुवित्त संस्थाहरुको सञ्जाल मार्फत् परिचालन गर्ने गृहकार्य भइरहेको जानकारी दिए । 

मर्ज हुनुअघिको आरम्भ लघुवित्तका अध्यक्ष दिपक तिवारीले अरु धेरै संस्थाहरुको मर्जर प्रक्रियामा धेरै आशंका र असन्तुष्टि हुने गरेपनि चौतारीका अध्यक्ष पोखरेलको निरन्तर सवैसँग अन्तरक्रिया गर्ने बाँकीले धेरै सजिलो भएको बताए । 

उनले एकिकृत गर्दा कुनै असन्तुष्टि र आशंका नभएकाले भविश्यमा पनि यस सम्वन्धी कुनै समस्या नआउने विश्वास व्यक्त गर्दै बाध्यता भन्दा हार्दिकताले एकीकृत भएको जानकारी दिए । 

कार्यक्रममा चौतारीका संस्थापक जीवन भण्डारी, आरम्भका संस्थापक ध्रुब पाण्डे, लघुवित्त विज्ञ सृजना काफ्ले, संस्थाका सेवाग्रही, कर्मचारीलगायतले पनि संस्था एकिकृत भएपछिको खुशीलाई संकल्पमा बदल्नु पर्नेमा जोड दिए ।   



लोकप्रिय समाचार
नयाँ