arrow

महंगो सामान सस्तोमा पाइन्छ भनी पैसा खातामा राख्न लगाउने ठग बढे, होसियार !

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
thagi1.jpg

काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।
 
यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । 

महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ ।



लोकप्रिय समाचार
नयाँ