काठमाडौं। उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा संक्रमण देखिएको थियो।
काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा संक्रमण भेटिएको उनले जानकारी दिए। काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना संक्रमण देखिएको थियो।