काठमाडौँ । पूर्वसांसद मञ्च नेपालले पूर्वसभामुख तारानाथ रानाभाटकी आमा खिमकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख एवं मञ्चका निवर्तमान अध्यक्ष रानाभाटकी ममतामयी आमाको आज असामयिक निधन भएकामा दुःख व्यक्त गरिएको छ ।
मञ्चले खिमकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।