काठमाडौं । ब्रजिलमा कोरोना भाइरस अनियन्त्रित हुँदै गएको छ । पहिलेका तुलनामा कोरोना झन् बढ्दै गएको छ ।
मंगलबार संक्रमितको संख्या४८ हजार ५८४ रहेको छ । अहिलेसम्म ब्रजिलमा संक्रमितको संख्या १६ लाख ७४ हजार ६५५ रहेको छ । त्यसैगरी मृतक १ हजार ३१२ थपिएका छन् ।
अहिलेसम्म ज्यान जानेको संख्या ६६ हजार ८६८ पुगेको छ । सोमबार संक्रमितको संख्या २१ हजार ४८६ रहेको थियो भने ६५६ जनाको ज्यान गएको थियो ।
आइतबार २६ हजार २०९ संक्रमित हुँदा ५३६ जनाको ज्यान गएको थियो ।
राष्ट्रपति पनि संक्रमित
ब्रजिलका राष्ट्रपतिलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । राष्ट्रपति जेयर बोलसोनारो संक्रमित भएका हुन् ।
उनले यसअघि महामारीमाथि नजरअन्दाजमात्र गरेका थिएनन् सामाजिक दूरीको पनि मजाक उडाएका थिए ।
विवादित देखिँदै आएका उनी पछिल्लो समय एक कार्यक्रममा मास्कसहित देखिँदा असहज देखिएका थिए ।
उनी मास्कसमेत नलगाइ हिँड्थे । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेर हिँड्थे ।