काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना भाइरस संक्रमितको संख्या २३ हजार १३५ रहेको छ । ४७९ जनाको ज्यान गएको छ भने १६ हजार ८४९ जनालाई निको भएको छ ।
हालसम्म संक्रमितको संख्या ७ लाख ४३ हजार ४८१ पुगेको छ । निको हुने ४ लाख ५७ हजार ५८ पुगेका छन् ।
मृतकको संख्या २० हजार ६५३ पुगेको छ ।
सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा भएका छन् । २४ घण्टामा ५ हजार १३४ थपिएर महाराष्ट्रमा २ लाख १७ हजार १२१ जना पुगेका छन् । मृतक २२४ थपिएर ९ हजार २५० पुगेका छन् ।
तमिलनाडुमा ३ हजार ६१६ थपिएर १ लाख १८ हजार ५९४ पुगेका छन् । मृतक ६५ थपिएर १ हजार ६३६ जना पुगेका छन् ।
दिल्लीमा २ हजार ८ जना थपिएर संक्रमित १ लाख २ जार ८३१ पुगेका छन् । मृतक ५० थपिएर ३ हजार १६५ पुगेका छन् ।
परीक्षण करोड भन्दा बढी
भारतमा कोरोना भाइरस संक्रमणको परीक्षण संख्या करोडभन्दा बढी पुगेको भारतीय संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार मङ्गलबारसम्म ६१।१३ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् । भारतभर एक हजार ११५ ल्यावबाट कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको छ ।
सङ्क्रमणका हिसाबले हेर्दा भारत विश्वको बढी प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा रहेको छ ।