काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा पुग्न सफल भएको छ । मंगलबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गर्दै चेल्सी तेस्रो स्थानमा पुगेको हो ।
क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जिरु, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे ।
क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।
आर्सनल–लेस्टर
जेमी भार्डीको गोलमा लेस्टर सिटीले प्रिमियर लिग फुटबलमा आर्सनलसंग बराबरी खेल्यो ।
मंगलबार रातिको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
भार्डीको गोलले लेस्टरलाई च्याम्पियन्स लिग छनोटको दौडमा बलियो बनाएको छ भने आर्सनलको जितको यात्रामा पूर्णविराम लगाएको छ ।
अबुमियाङले यस सिजन प्रिमियर लिगमा २० गोल पुरा गरे । खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्सनलले अंक बाँड्न बाध्य भयो ।
लेस्टरका बर्लिनमाथि खराब ट्याकल गरेपछि लण्डन क्लबका एडी नेकटिया रातो कार्ड खाँदै मैदान छाडेका थिए । खेलको अन्तिम १५ मिनेट आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।
अंक तालिका
चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । लेस्टरको ३४ खेलबाट ५९ अंक भएको छ ।
शीर्ष स्थानको च्याम्पियन भइसकेको लिभरपुलको ३३ खेलबाट ८९ अंक छ । समान खेलबाट ६६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।
म्यान्चेस्टर युनाइटेड ३३ खेलबाट ५५ अंकसहित पाँचौं, वुल्भस ५२ अंकसहित छैटौं तथा आर्सनल ५० अंकसहित सातौं स्थानमा छ ।