बैंकको ब्याज छुट माग गर्दै आन्दोलनको तयारीमा व्यवसायी
प्रकाशित २०७७ असार २४ बुधबार
171
Shares
काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याज मिनाहको माग गर्दै आन्दोलनको तयारी गरेका छन। महासंघले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर नै आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ। महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले बैंकको ब्याज मिनाह नगरिदिएमा चरणबद्ध रुपमा आन्दोलन गरिने बताए। ‘पहिलो चरणको आन्दोलन हामी शान्तिपूर्ण रुपमा गर्छौं’ उनले भने, ‘प्ले कार्डहरु देखाउने लगायतका कार्यक्रमहरु त्यसमा हुनेछन।’
अहिले ब्याज तिर्न सक्ने स्थिति नभएकोले ब्याज मिनाह गरिदिनु पर्ने महासंघको मूख्य माग छ। आन्दोलदनबाट पनि सुनुवाइ भएन भने आफुहरु दोस्रो चरणको आन्दोलन गर्ने कटुवालले बताए। ‘पहिलो चरणको आन्दोलन देशभरि नै हुन्छ’ उनले भने, ‘सुनुवाइ भएन भने, हामी फेरि अगाडी बढ्छौं।’ त्यस्तै महासंघले घर भाडा छुट दिनलाई अपिल गर्ने समेत जनाएको छ।