arrow

अनुगमनमा गएका सांसद प्रेम आलेले स्थानीयलाई अपशब्द बोलेपछि

logo
प्रकाशित २०७७ असार २४ बुधबार
prem-aale.jpg

कैलाली। प्रतिनिधिसभा सदस्य प्रेम आलेले सर्वसाधारणलाई अपशब्द प्रयोग गरी अपमान गरेका छन् । कैलाली जिल्लास्थित विभिन्न सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन कार्यक्रमको स्थलगत अनुुगमन गर्न पुगेका सांसद आलेले ‘टाउको तल गर म को हुँ चिन्छस् ? ’ भन्दै अपमान गरेको स्थानियले बताएका छन् ।

वैज्ञानिक वनको नाममा व्यापक फडानी भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले संसदीय छानबिन उपसमिति बनाएको छ । उपसमितिका सदस्य रहेका सांसद आलेले अनुुगमनका क्रममा सामुदायिक वनका पदाधिकारी र तल्लो तहका वन कर्मचारीलाई अपशब्द प्रयोग गरेको तथा धम्क्याउँदै हिँडेको कर्मचारीहरुले बताएका छन् ।

डोटीबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद आलेले छानबिन समितिका संयोजक प्रदीप यादव सहितको टोली सोमवार कैलाली पुगेका छन् । समितिले कैलालीको महोन्याल गाउँपालिका–३ फलेबिसौना पुगेको थियो । सांसद आलेले जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपारेका थिए ।

आफ्नो कार्यशैलीले सांसद आलेले आफ्नै सांसद पदको गरिमाका धज्जी उडाएको गिरीले बताए । सामुदायिक वनका अध्यक्ष गिरीले आफूलाई सांसद आलेले झपारेको कुरो सुनाउँदै भने, ‘म को हुँ, चिन्छस् । के मुखमा के हेरेको टाउको तल गर । तँ बढ्ता कुरा गर्छस् । हामी माननीय हुँ मेरो मुखमा हेरेर कुरा गर्ने तँ को होस् ? तेरो वनमा कुन ठेकेदारको लगानी छ भन ? ’



लोकप्रिय समाचार
नयाँ