arrow

प्रचारप्रसारको अभाबमा पर्यटकीय सम्भावना बोकेको मौरी छागा झरना ओझेलमा

logo
सुमन बस्नेत,
प्रकाशित २०७७ असार २४ बुधबार
jharna.jpg

नुवाकोट। आहा, कति सुन्दर झरना ! देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बेल्कोटगढी नगरपालिका –१३, पाखुरे गाउँमा रहेको  मौरी छागा झरनाले धेरैको मन लोभ्याएको छ ।

नुवाकोट जिल्लाको विभीन्न स्थानमा रहेका पर्यटन गन्तव्य बन्न ठाउँहरु प्रचार प्रसारको अभावमा ओझेल परेका छन्। यहाँको विकासका लागि पर्यटन विकासलाई पहिलो प्राथमिकता दिने सरोकारालाले बताउँदै आए पनि त्यस अनुसार पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिएको पाइँदैन। नगरपालिका को १३ न मा पर्ने झरना मध्येको एक हो मौरीको छागा अर्थात झरना प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।

राम्रो सडक गोरेटो बाटो प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।नुवाकोट जिल्लामा अथाहा पर्यटकीय सम्भावना भएपनि सरोकारवाला निकायाहरुले चिन्ता र चासो नदिँदा जिल्लाका अधिकांश पर्यटकीय स्थलहरु ओझेलमा पर्ने गरेका छन् । नुवाकोटको पाखुरे गाउँबाट करीब २०० मिटर रहेका छ । आवश्यक प्रचारप्रसार नहुदा यो झरना ओझेलमा परेको स्थानीय ले बताए । सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुनसके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने स्थानीय भनाइ छ ।

माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आर्कषण बढाएको छ । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको छ । प्रचारमा ध्यान नदिदा त्यस क्षेत्रले आम्दानीको राम्रो माध्यम गुमाईरहेको छ। छेउमै कलकल बग्ने नलसिंहगा खोलाको सुन्दरतासँगै खुला अनि वरीपरी हरिया पहाडको बीचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवं आकर्षक पर्यटकीयस्थल बनाउनुपर्ने स्थानीय बताउछन् ।

झरनासम्म पुग्न पक्की घोरेटो बाटो र मान्छे हिँड्ने सहज पैदलमार्ग निर्माण गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । झरनासम्म पुग्न गतिलो बाटो समेत छैन हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, , बँदेल, कालिज जस्ता विभिन्न जंगली जनावर तथा पक्षी देखने गरिन्छ । यहाँ सामान्य पूर्वाधारको विकास गर्न सके पर्यटकको आकर्षण बढ्ने स्थानीयवासीको विश्वास छ ।



लोकप्रिय समाचार
नयाँ