काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोभिड-१९ को महामारीको समय पेट्रोलियम पदार्थमा गरिएको भारी मुल्यवृद्धिको बिरोधमा ध्यानाकर्षण जनाउदै नेपाल आयल निगम लिमिटेडका महाप्रबन्धकलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष राजिव ढुङ्गानाको नेतृत्वमा गएको नेविसंघले निगमका महाप्रबन्धकलाई बन्दाबन्दीको कारण आम उपभोक्ताको जन जिवन अत्यन्त कष्टकर बन्दै गएको अवस्थामा अत्यावश्यकिय उपयोग्य वस्तुमा मुल्यवृद्धि हुनु आपत्ति भएको बताएको थियो ।
बजारमा व्याप्त चरम मुल्यवृद्धि नियन्त्रण गर्नुको सट्टा महामारीको चपेटामा रहेका जनतालाई करको बोझ बोकाउने, कर तथा विभिन्न महसुल थोपर्ने र आमनागरीकको जिवनयापन सहज बनाउने कर्तव्यबाट च्यूत र विमुख बन्दै गएको सरकारको जन विरोधी कृयाकलापको पछिल्लो कडिको रुपमा पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएको नेविसंघको ठहर छ ।
बर्तमान परिप्रेक्षमा हाल गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्नुको विकल्प छैन, 'महामन्त्री दिपक भट्टराईले भने । अन्यथा जनता मार्ने निर्णयका विरुद्ध नेपाल विद्यार्थी संघ कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
ज्ञापन पत्र
श्रीमान् महाप्रबन्धक ज्यू,
नेपाल आयल निगम लिमिटेड
केन्द्रिय कार्यालय, काठमाडौं।
विषय :-ज्ञापन पत्र
नेपाल आयल निगमद्धारा ०७७ आषाढ १६ गतेबाट लागु हुने गरी पेट्रोलियम पदार्थमा गरिएको भारी मुल्यवृद्धि प्रति नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोना महामारी र लामो समय देखिको बन्दाबन्दीको कारण आम उपभोक्ताको जन जिवन अत्यन्त कष्टकर बन्दै गएको अवस्थामा अत्यावश्यकिय उपयोग्य वस्तुमा मुल्यवृद्धि हुनु अत्यन्त आपत्तिजनक बिषय हो। निगम आफैले गरेको निर्णयलाई नै लत्याउँदै स्वचालित मुल्य प्रणालीलाई उलंघन गरिएको र मुल्य स्थीरीकरण कोषको आवश्यक उपयोग गर्ने विधि समेतको पर्वाह र पालना नगरी एकतर्फी ढंगबाट जनतालाई रातह र सहुलियतको जरुरत रहेको अवस्थामा थप पिडा र आहत दिने हेतुले गरिएको मुल्यवृद्धि तत्काल खारेज गरिनु पर्दछ । मुलतः पेट्रोलियम पदार्थमा मुल्यवृद्धि हुनु भनेको सामान ढुवानी र खर्चको वृद्धि तथा सवारी आगगमनमा समेत मुल्यवृद्धि हुदै सम्पूर्ण उपभोग्य वस्तुको बजार मुल्यवृद्धि हुनु हो । बजारमा व्याप्त चरम मुल्यवृद्धि नियन्त्रण गर्नुको सट्टा महामारीको चपेटामा रहेका जनतालाई करको बोझ बोकाउने, कर तथा विभिन्न महसुल थोपर्ने र आमनागरीकको जिवनयापन सहज बनाउने कर्तव्यबाट च्यूत र विमुख बन्दै गएको सरकारको जन विरोधी कृयाकलापको पछिल्लो कडिको रुपमा पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएको हाम्रो ठहर छ ।
यसर्थः उपभोक्ताको दुःख र पिडामा साथ सहयोग दिन पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यवृद्धि तत्काल फिर्ता गर्न र उल्लेखित विषयहरुमा गम्भिर ध्यानाकर्षण गराउन नेपाल विद्यार्थी संघको तर्फबाट यो ज्ञापन पत्र पेश गरिएको छ ।
१. लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मुल्यवृद्धि आफैमा अमानवीय कार्य हो । मुल्यवृद्धि तुरुन्त खारेज गरियोस् ।
२ लकडाउनको ३ महिनको अवधिमा मात्र रु. ३ अर्ब नाफा गरेको आयल निगमले अन्तराष्ट्रिय बजारमा पेट्रोलको मुल्य थोरै बढ्ने वित्तिकै ५ रुपैया बढाउनु पुर्णतः गलत हो । नाफा संचित गरी मूल्यवृद्धि उपभोत्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गरियोस् ।
३. रु. ३८ मा किनिएको पेट्रोलमा रु ६३ कर केवल जनता चुस्ने नियत मात्र हो । के दैनिक उपभोग्य बस्तुमा यतिविघ्न कर लगाउनु न्यायोचित छ ? पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा असुल्दै आएको कर तत्काल खारेज गरियोस ।
४. निगम द्वारा हाल लगाइएको भन्सार शुल्क, सडक मर्मत सम्भार कर, पूर्वाधार विकास कर, प्रदुषण शुल्क, मुल्य स्थिीरीकरण कोष, मुल्य अभिवृद्धि कर, संस्थागत आयकर लगायत बिभिन्न शिर्षकमा उठाईएको रकमको औचित्यता, पारदर्शिता पुष्टि गरियोस । खर्च हुन नसकेका अनुचित शिर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने काम बन्द गरियोस।
५.स्वचालित मूल्य प्रणाली पूणतयाः पालना गरियोस ।
६.मुल्य स्थिीरीकरण कोषको सदुपयोग गरी महामारीको समयमा उपभोक्तालाई सहुलियत दिने व्यवस्था गरियोस् ।
७. निगममा व्यवस्थापकिय सुधार, कालोबजारी नियन्त्रण गर्दै अनावश्यक खर्च कटौती गरियोस र मुल्य वृद्धि नियन्त्रण गरियोस
कोभिड-१९ को महामारी र लकडाउनको प्रभावले जनजिवन अस्तव्यस्त भएको बर्तमान अवस्थामा आम-उपोक्तालाई सवै क्षेत्रमा चर्को मुल्यवृद्धि हुने अवस्था श्रृजना भएको बर्तमान परिप्रेक्षमा हाल गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्नुको विकल्प छैन । जनताको चुलोमा प्रत्यक्ष असर गर्ने उपरोक्त निर्णय तत्काल खारेज गर्दै नागरिकको हित र सामाजिक उत्तरदायित्व वहन गर्ने अवसरको सदुपयोग गर्न नेपाल आयल निगमको गम्भिर ध्यानाकर्षण गराउन
चाहन्छौं । अन्यथा जनता मार्ने निर्णयका विरुद्ध नेपाल विद्यार्थी संघ कडा आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौ ।
जय नेपाल !
राजिव ढुङ्गाना
अध्यक्ष