arrow

सत्याग्रहको शक्तीले झुकायो सरकारलाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २३ मंगलबार
enough-fast-until-death.jpg

काठमाडौं। अन्ततः सत्याग्रहको शक्तिले सरकारलाई झुकाएको छ। कोभीढ १९बाट सिर्जित महाव्याधीको उचित व्यवस्थापनको माग राख्दै आन्दोलनमा होमिएका इनफ इज इनफका दुई अभियन्ताहरु ईः र पुकार बमले १२ दिन लामो सत्याग्रहको बलमा आफ्नो माग सुनुवाई गर्न सरकारलाई कवाध्य बनाएका छन्। 

सरकारले आफ्ना माग सुनुवाई गरेपछि इनफ इज इनफले जारी गरेको प्रेस नोट यस प्रकार छः  

कोभिड १९ सिर्जित महाव्याधिको सबल र सक्षम व्यवस्थापनको निमित्त सरकार तथा सम्बन्धित पक्षलाई दबाब दिन आज भन्दा झण्डै एक महिना अघि फेसबुक ग्रुपको रुपमा इनफ इज इनफ अभियान शुरु भएको यहाँहरूलाई अवगत नै छ । यसै बिच बालुवाटार, भाटभटेनी, माइतिघर, शहीदगेट लगायतका देश भरीका सय भन्दा धेरै स्थानमा भौतिक दुरि कायम गर्दै विभिन्न युवा समुहहरूले प्रदर्शनको आयोजना गर्नुभयो । 

हामीले विविध तरिकाले दबाब दिँदा पनि राज्य पक्षले हाम्रा माग तथा सरोकारका विषयमा गम्भिर नहुँदा बाध्य भएर १४ बुँदे माग राखेरे सत्याग्रह शुरु गरेका थियौ । पाटन दरबार स्क्वाएरमा आज भन्दा १२ दिन अघि खाना र पानी विनाको सत्याग्रह अनशन सुरुवात भएको थियो ।धेरैले हामीलाई भने शान्तिपुर्ण दभावको भाषा यो सरकारले सुन्दैन। तर पनि हामी शान्तिपुर्ण र अहिंसाको बाटोमा धृढ बस्यौ र आज यो सहमती त्यहि बाटो/प्रकृयाबाट पुग्न सकेको कुरामा हामीलाई धेरै खुशी लागेको छ । 

अनसनरत सत्याग्रही साथीहरूको बिग्रदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर छिटो भन्दा छिटो सरकारसँग वार्ता, संवाद गर्न हामी प्रतिवद्ध थियौँ । 

गत विहीवार औपचारिक रुपमा माननीय स्वास्थ्य मन्त्री समक्ष हामीले आफ्ना मागहरू राख्यौं । सोही दिन अनशनरत साथीहरूको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै साथीहरूलाई ह्याम्स अस्पतालमा ल्याउनु पर्ने अवस्था आयो । 

सोही दिन दुई चरणमा र भोलि पल्ट शुक्रबार मन्त्रालयका प्रतिनिधिसँग पटक पटक हाम्रो समुहको वार्ता भयो । वार्ता कुनै निष्कर्षमा पुग्न नसकिरहेको अवस्थामा हिजो मन्त्रालयमा पूनः हाम्रो समुहको वार्ता हुँदा हामी १२ बुदें सहमतिमा पुगेका छौं । स्वास्थ्य मन्त्रालयसँग भएको सोही सहमति अनुसार अनशनरत सत्याग्रही ईः र पुकार बमले अनशन बसेको १२ औ दिनमा(आज) अनशन तोड्दै हुनुहुन्छ । 

यस अभियानबाट वार्ता टोलीमा नयनतारा गुरूङ्ग कक्षपति, आलोक सुवेदी, संजय अधिकारी, प्रितम सुवेदी र ब्रबिम कुमार सहभागी हुनुहुन्थ्यो । मध्यस्तकर्ताको रूपमा डा. विन्ज्वाला श्रेष्ठ हुनुहुन्थ्यो र हामी उहाँको सकृय भुमीका र वहाँले गर्नु भएको सहजिकरणको लागी वहाँ प्रति आभारी छौं ।

विज्ञहरूका अनुसार यदि यी नितिहरू एक महिना अगाडि (जब १,७३,५०० व्यक्तिरू  क्वारेन्टाइनमा हुनुन्थयो) अपनाईएको भए  हामीले करिव ५७ प्रतिसत पत्ता नलागी समाजमा फरकिएका केसहरू कम गर्न सक्थयौं भन्ने अनुमान गरिएको छ। गएको महिनामा मात्र १९,४६३ सङ्क्रमित सङ्ख्या मध्ये ५० प्रतिसतले क्वारेन्टाईन छाड्दा सङ्क्रमण फैलाउने अवस्थामा घर फर्किएको अनुमान छ। साथै यदि समयमा प्रभावकारीरूपमा  परिक्षण गरेको भए हाल भएको मृत्युहरू मध्येको आधा मृत्युहरू घटाउन सकिन्थ्यो भन्ने अनुमान गरीएको छ । माथी उल्लेखी कुराहरूको मुख्य कारण हाम्रो कम्जोर परिक्षण र क्वारेन्टाईन निति नै हो र हाल हाम्रो माग बमोजिम निर्देशिकाहरू संसोधन हुदाँ यी समस्याहरूको केहि हद सम्म न्युनिकरण हुने कुरामा हामी आशावादी छौं । 

हाम्रो अभियान सरकारसँगको एउटा सहमतिमा पुगेको छ तर अभियान र विभिन्न पहलहरू निरन्तर जारी रहनेछ । अबको हाम्रो ध्यान सरकारसँग भएको सहमतिको पुर्ण पालनाका लागी हुनेछ । जसको लागि हामी निरन्तर खबरदारी गरिराख्नेछौं। हामीलाई आशा छ की यो शहमतिबाट संसोधन गरीने निर्देशिकाहरूले देश भरी केहि मात्रमा कोभिड १९को रोक्थाम तर्फ मदत पुराउने छ ।तर निर्देशीकाहरूको  प्रभावकारी कार्यान्वयन नगरीकन केही अर्थ छैन यो हामी सबैलाई थहाँ भएकै कुरा हो।यो महामारी बढ्दोरूपमा फहिलिदै जाने छ ,हामी सबै समाजका उत्तरदातयी नागरीक भएर महामारीले उबज्याएको समस्याहरूको समाधान तर्फ ध्यान दिईराख्नु जरूरी हुने छ ।हामी विभिन्न हिसाबले स्थानिय सरकार तथा अन्य निकायहरूलाई झक्झकाउने र सहयोग गर्ने काममा निरन्तर लाग्नु पर्ने अवस्था हुन्छ ।

यस अभियानमा प्रत्यक्ष जोडिएर, ऐक्यवद्घता जनाएर, अप्रत्यक्ष रुपमा साथ दिनुहुने नागरिक समाज र विशेषत सम्पुर्ण युवा साथीहरूलाई अभियानको तर्फबाट धेरै धन्यबाद भन्न चाहान्छु । 

असंगठित युवाहरु एक ठाउँमा आएर जन सरोकारको मुद्धा शशक्त उठाएर सरकारको नीति पनि परिर्वतन गराउन सक्छन् भन्ने बलियो नजिर स्थापित भएको छ। आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।



लोकप्रिय समाचार
नयाँ