काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीले आफु मातहतमा रहेका २७ वटै खेलकुद संघलाई एक हप्ताभित्र आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ ।
बुधबार भिडियो कन्फरेन्सको माध्यमबाट एनओसीले संघका पदाधिकारीसँग एन्टी डोपिङको नियम बनाउन निर्देशन दिएको हो ।
एनओसीले संघहरुलाई यही अगस्ट १५ भित्र संघले एन्टी डोपिङ नियम बनाएर नेपाल एन्टी डोपिङमा बुझाउन निर्देशन दिएको छ ।
सन् २०२१ बाट विश्व एन्टी डोपिङ कोडको धारा १८ अनुसार सबै संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनु पर्ने नियम लागु गरेको छ ।
यसमा सहभागी नभए सन् २०२१ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाइने छैन ।
सरकारले पनि गत सोमबार एन्टी डोपिङ एप सार्वजनिक गरेको थियो ।