काठमडौं । स्पेनिश लिग ला लिगा फुटबल अन्तिम चरणमा पुगेको छ । उपाधि लगभग रियाल मड्रिडको पक्षमा पुगेको छ । तर दोस्रो स्थानको बार्सिलोनाको उपाधि आशा अझै जिवितै छ ।
बुधबार राति घरेलु मैदानमा स्पानियोललाई हराउँदै १–० गोलले हराउँदै बार्सिलोनाले उपाधि सम्भावनालाई जिवितै राखेको हो ।
बार्सिलोनाको जितमा लुईस सुआरेजले खेलको ५६ औं मिनेटमा विजयी गोल गरेका थिए । दुवै टिमले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेका थिए ।
५० औं मिनेटमा बार्सिलोनाका युवा स्टार अंशु फाती रातो कार्ड खाँदै मैदान छाडेका थिए ।
त्यसको तीन मिनेटपछि खतरनाक ट्याकल गरेको भन्दै पाहुना टोलीका लाजानोले समेत रातो कार्ड पाएका थिए ।
बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोड्दै शीर्ष स्थानको रियाल मड्रिडसंगको दुरी १ अंकमा झारेको छ । रियालले एक खेल कम खेलेको छ ।
अन्य खेलको नतिजा
गेटाफे १–३ भिल्लारियल
रियाल बेटिस ३–० ओसासुना
अंक तालिका
रियाल ७७, बार्सिलोना ७६, एथलेटिको मड्रिड ६३, सेभिया ६०, भिल्लारियल ५७ अंक रहेको छ ।
स्पानियोल रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ । उसको ३५ खेलमा २४ अंक छ । लेगनेसको २८ तथा मयोर्काको २९ अंक छ ।