बाह्रबिसे । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् ।
बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।
भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।
विपदमा सघाउन अपिल
त्यहाँ भइरहेको विपदमा सघाउन अपिल गरिएको छ । विभिन्न नेताहरु, सामाजिक अभियन्ताहरु लगायतले उक्त क्षेत्रमा परेको विपदमा परेकालाई सघाउन आग्रह गरेका हुन् ।
उक्त क्रममा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सम्भाबित जोखिमसॅंग सतर्क रहन र यो दुःखद घडीमा मानवीय उद्दारमा लागिदिन बैमा अनुरोध गरेका छन् ।