काठमाडौं । आइभरी कोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मृत्यु भएको छ ।
उनको ६१ बर्षको निधन भएको हो । बीबीसीले लेखे अनुसार उनी मन्त्रीपरिषद् बैठकमै ढलेका थिए ।
मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुखेका उनको बैठक लगत्तै मृत्यु भएको हो ।
उनलाई तत्काल अस्पताल लगिए पनि अस्पतालले मृत घोषित गरेको हो ।
कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
उनी लगातार दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।