arrow

बाढीपहिरोले अस्तव्यस्त पारेको बाह्रबिसेमा उद्धार टोली खटाउन  देउवाको आग्रह

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
sher-bahadur-deuba.jpeg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई  आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन् ।  

सभापति देउवाले सिन्धुपाल्चोकका काँग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन् । 

बिहीबार बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा डेढ दर्जन घर बगाएको छ भने दुई दर्जन मानिस बेपत्ता भएका छन् । दुई जनाको ज्यान गएको छ । 

भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ