arrow

सिन्धुपाल्चोकको जम्बु र  भोटेकोशी बाढीमा मृत्यु हुनेको सनाखत, को को परे ?

दुईको मृत्यु, १८ बेपत्ता, पाँच गम्भीर

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
12bishe-badhi.jpg

चौतारा । बुधबार राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।  

मृत्यु हुनेमा  बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए । घटनामाा  १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् । 

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरी सूचना अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लाने प्रयास भइरहेको छ । 

त्यसै गरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ । 

बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत बिहीबार बिहान घटनास्थल जान लागेकामा प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ