सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ९२ हजार ४ सय रुपैयाँ
प्रकाशित २०७७ असार २५ बिहिबार
50
Shares
काठमाडौं। बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ प्रतितोला पुग्दै नयाँ रेकर्ड कायम भएको हो।
बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बिहिवार बढ्दै ९२ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
चाँदीको मूल्य भने बिहीबार ९ सय ८० रुपैयाँ प्रतितोला पुगेको छ ।